धादिङ २५ फाल्गुन
नेपाल पूर्व प्रहरी सङ्गठन जिल्ला कार्यसमिति धादिङले जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रीय समितिको निर्णय अनुसार विभिन्न मागसहितको ज्ञापनपत्र बुझाइएको नेपाल पूर्व प्रहरी सङ्गठन धादिङका अध्यक्ष नवराज दुवाडीले जानकारी दिनुभयो ।
पुर्व प्रहरी कर्मचारीहरुलाई प्रहरी अस्पतालबाट दिईने विभिन्न सेवामा शुल्क लिईने गरेको, प्रहरी कल्याणकारी कोषमा हुनु पर्ने रकम भन्दा ज्यादै न्यून रहेको, कल्याणकारी कोषबाट पुर्व प्रहरीहरुलाई कुनै पनि बजेट छुट्याउने नगरेको, न्यून दर्जाका प्रहरी कर्मचारीहरुको सन्तती नयाँ भर्ना हुन कोटाको व्यवस्था नगरिएको, लगायतका मागहरु राखी उक्त ज्ञापन पत्र बुझएको हो ।
पुर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडी सहितका करिव १५० जना पूर्व प्रहरीहरुको संख्याले जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौत्तम कुमार के.सी. मार्फत प्रहरी महानिरीक्षक समक्ष माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाएको अध्यक्ष दुवाडीले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस