धादिङ २३ फाल्गुन
कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस गति अनियन्त्रित भई धादिङको गजुरी ५ घाटबेशी पुल नजिक त्रिशूली नदीमा दुर्घटना हुँदा मृतु हुनेको संख्या ७ जना पुगेको छ ।
कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेंसी बाट बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनु भयो ।
दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’ बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस