धादिङ २२ फाल्गुन
ने क पा (माओवादी केन्द्र ) नीलकण्ठ नगरपालिका वडा न १४ धुँवाकोटको तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
ने क पा माओवादि केन्द्र धुवाकोटका कार्यवाहक अध्यक्ष राजकुमार श्रेस्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा ने क पा माओवादि केन्द्र जिल्ला समन्वय समितिका संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष मनराज भण्डारी (शैलेस) को प्रमुख आतिथ्यता रहेको थियो भने ने क पा माओवादी केन्द्र बाग्मती प्रदेश समिति सचिवालय सदस्य दिपक विश्वकर्मा, ने क पा माओवादि धादिङका पुर्व जनसरकार प्रमुख बुद्धिलाल तामाङ, ने क पा माओवादी केन्द्र निलकण्ठ नगर कोषाध्यक्ष कमला तामाङ, जिल्ला समन्वय समिति सदस्य नमराज दुवाडी, सरीता तामाङ, निलकण्ठ नगरपालिका YCL अध्यक्ष भिम बहादुर गुरुङ लगायतको विशेष आतिथ्य्ता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि भण्डारी ले धुँवाकोट शहिदहरुको रगतले सिञ्चिएको भुमि भएकोले शहिदका सपना पुरा गर्न जनताको मन जितेर काम गर्नु पर्ने बताउदै मुलुक को व्यवस्था परिवर्तनको लागि पार्टिले ठुलो बलिदान गरेर उपलब्धि हासिल गरेको र सविधान मार्फत आज द्लित महिला उत्पिड्नमा परेका वर्गको अधिकार दिलाउन निम्ति पार्टि सफल भएको तर हाल निति र वेवस्था माओवादीको एजेन्डा स्थापित भएको तर नेतृत्वमा बहुदलिय वेबस्थामा अन्य पार्टिले नेतृत्व गरेको हुदा आफुहरुको लगानि बलिदनबाट स्थापित उपलब्धिलाई अन्य पार्टिले भ्रम छरेको कुरामा पछि लाग्न नहुने बताउनु भयो ।
दलित जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता लिनको लागि द्लित समुदायका जनताले ६० वर्ष देखि भत्ता लिने बेवस्था, दलित बालबालिकालाई पोषण भत्ता लगायत लोकप्रिय काम गरेका तर प्रचार र जस अरुले लिएकामा अब राम्रा काम गर्दै जनसमुदायमा प्रचार प्रसार र पार्टिले गरेका राम्रा काम को प्रचार प्रसार सहि सुचना प्रवह गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि दिपक विश्वकर्माले वर्तमान सरकारले लोकप्रिय काम गरीरहेको भ्रष्टचार अनियमितता ललिता निवास प्रकण सुन तस्करी मा संलग्नलाइ सरकारले कारवाहीको दायरामा ल्याएको सुशासन स्थापना र भ्रष्टचार नियन्त्रणमा लागेको र विकास निर्माण कार्यमा स्पष्ट पारदर्शी हुनु पर्ने बताउनु हुदै पार्टि संगठन मजबुत र विकास निर्माणमा पार्टि र जनप्रतिनिधिहरुको समन्वयमा जोड दिन आग्रह गर्नु भयो ।
त्यसै गरि धादिङका पुर्व जनसरकार प्रमुख बुद्धिलाल तामाङले पार्टिको विचार महान हुने समाज र समुदायको माग अनरुप काम गर्दै जानु पर्ने बताउनु भयो । आफु जहा रहेपनि धुँवाकोटको विकास र सकारात्मक सोच र राम्रा कामलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा देवराज आचार्यको अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति र बुद्धिलाल तामाङको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति सर्वसम्मत चयन गरीएको छ । त्स्यतै उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, कोषाध्यक्ष शान्ति अधिकारी, सचिव राम बहादुर तामाङ, सह–सचिव चिरञ्जीवी नेपाल लगाय्त २१ सदस्य र ४ सदस्य पछि थप्ने गरी सर्वसम्मतबाट समिति गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस