धादिङ ३० कार्तिक
धादिङको गजुरी गाउँपालिका वडा नं ६ का स्थानीयहरुले विहीबारदेखि आदमघाट किराञ्चोक सडक खन्डमा गरेको अनिश्चितकालीन अवरोध शनिबार बिहानबाट सुचारु भएको छ । सवारी साधनको अत्याधिक चापसँगै धुवाँ धुलोका कारण मानव स्वाथ्यमा असर गरेको भन्दै विहीबारबाट स्थानीयहरुले सवारी आवत जावतमा रोक लगाएका थिए । स्थानीयहरुले सो क्षेत्रमा चल्ने सडकमार्ग धुवा धुलो रहित बनाउन माग गर्दै अनिश्चितकालीन बन्दको आह्वान गरेका हुन् । शनिबार बिहान गजुरी गाउँ पालिकाका प्रतिनिधि र स्थानीयहरुबीच सडक धुवा धुलोरहित बनाउनका लागि दैनिक पानी हाल्ने र सोमबारदेखि नै ठेकेदारलाई बोलाई सडक निर्माण कार्य सुचारु गर्ने लिखित सहमती भएपछि अबरुद्ध सडक सुचारु भएको हो । विशेष गरी सो क्षेत्रमा बालुवा, ढुङ्गा जस्ता सामाग्रीरु बोक्ने ट्रिपरहरुको चापका कारण मानव स्वाथ्यमा समेत असर हुने गरी धुवा धुलो बढेकाले सडक अबरुद्ध गर्न बाध्य भएको स्थानीय आशिष भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस