धादिङ १८ फाल्गुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित साङकोष माध्यमिक विद्यालयमा स्पेलिङ कन्टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयका आधाभुत र माध्यमिक तहका विद्यार्थीहरुका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको थियो ।
विद्यालयका ४ वटा सदनबाट ८ वटा समुहको सहभागिता रहेको प्रतियोगिताबाट १०० अंक सहित हरियो सदन अन्तरगत सुवेक्षा श्रेष्ठ (१०), सदिक्षा सापकोटा(८), रुषना गुरुङ(८) को समुह प्रथम, ९५ अंक सहित रातो सदन अन्तरगतको सलिना गुरुङ(१२), आषिक श्रेष्ठ (८), सुकु गुरुङ (११) को समुह द्धितिय र ५० अंक सहित पहेलो सदन अन्तरगत मिलन विश्वकर्मा (१२), विष्णु गुरुङ (१०), यश कुमार श्रेष्ठ (८), को समुह तृतिय भएको विद्यालयका सुचना अधिकारी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक रेजन श्रेष्ठको संयोजनमा सम्पन्न भएको प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक खेसर प्रसाद काप्रिद्धारा पुरस्कार स्वरुप स्टेशनरी सामान वितरण गरिएको सुचना अधिकारी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक काप्रीले दैनिक बोलीचाली र वास्तविक उच्चारण फरक हुने गरेको र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको भाषिक शुद्धतामा सुधार आउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस