धादिङ १५ फाल्गुन
नीलकण्ठ नगरपालिका द्वारा सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत गठन भएको कक्षाको आज समापन गरिएको हो ।
वैदेशिक रोजगारमा गएका परिवारलाई लक्षित गरी सञ्चालन भएको कक्षामा रेमिट्यान्सको सहि प्रयोग फजुल खर्च घटाउने, व्यवसाय सञ्चालन गर्ने, परिवार व्यवस्थापन, बालबालिकाको भविष्य, बचत वृद्धि लगायत २१ वटा सत्रमा कक्षा सञ्चालन गरिएको वित्तिय साक्षरता सहजकर्ता सरस्वती लम्सालले बताउनुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पुर्व वडा अध्यक्ष गुणराज थपलिया ,नेपाली काँग्रेसका वडा सभापति हेमराज श्रेष्ठ, वडाका वडा सदस्यहरु,डिप्रोस नेपालका क्षेत्रीय संयोजक अर्जुन शाही,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी, मनोसामाजिक परामर्श कर्ता रामकुमार थापाको आतिथ्यता रहेको थियो ।
प्रत्येक हप्ताको एक दिन दुई घण्टाको दरले कक्षा सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अतिथिहरुले तालिम पश्चात सहभागीहरुमा आएको व्यवहारिक परिवर्तनले आफुहरुलाई खुसी लागेको बताउनुभयो ।
उद्यम गर्ने महिलाहरुलाई वडा तथा नगर पालिकाले सहयोग गर्ने भन्दै उद्यमी बनेर स्वरोजगार बन्नका लागि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस