धादिङ १३ फागुन
धादिङमा कवि सृजना अर्यालद्धारा लिखित बोध अन्तर्बाेध कवितासंग्रह तथा गुलाबी मन अडियोको लोकार्पण गरिएको छ ।
शनिबार सिद्धलेक गाउँकार्यपालिकाको सभाहल बुङचुङमा प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईटेल र कवि सृजना अर्यालको माता लक्ष्मी अर्यालले एक सय ३४ पेजको बोध अन्तर्बाेध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता रहेको कवितासंग्रहको लोकार्पण गरेको हो ।
बोध अन्तर्बाेध कवितासंग्रहमा भएका कविताले नेपालबाट युवा पुस्ता रित्तिने र देश बृद्धाश्रम हुने अवस्थाको चित्र कवितामा व्यक्त भएको छ । देशको दुर्घमता, विकटताका परिस्थिति र त्यहाँका दुखेसोहरु कविताले बोलेको छ । बेला बेलामा आउने भुकम्प, महामारीले आम नागरिकलाई दिने पीडा कविता मार्फत सृर्जनाको दृष्टि पुगेको छ ।
सुनको पिजडा कवितासंग्रहपछि अर्यालको यो दोश्रो संग्रह हो । बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणमा पुगेका साहित्यकारहरुले कविता मार्फतनै सृर्जना अर्याललाई शुभकामना दिनुभएको थियो ।
कवियत्री सृजनाकी आमा लक्ष्मी अर्यालको अध्यक्षतामा भएको लोकार्पण समारोहमा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, भुमि आयोगका अध्यक्ष कृष्ण अर्याल, बिभिन्न वडाका वडाध्यक्षहरु, समाजसेवी, बुद्धिजिवी लगायत विभिन्न राष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस