धादिङ १२ फाल्गुन
नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न धादिङ जिल्ला ब्यापि बुद्धिचाल प्रतियोगिताको उपाधि धुनिबेसि खानी खोलाका मनिष कोइरालाले आफ्नो नाम गराउनुभएको छ ।
मछिन्द्र बहुमुखी क्याम्पसका मनिषले शनिबार भएको पाँच चरणको खेलमा ५ जित निकाल्नु भएको हो । सत प्रतिशत जित निकाल्ने क्रममा उहाँले संदिल श्रेष्ठ , राजेन्द्र रिमाल, शंकल्प पौडेल, सुदिन नेपाल र आशिष् लामिछाने माथि प्रभावशाली जीत दर्ता गर्दै नगद रु.७ हजार हात पार्नुभएको हो ।
नमुना बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेशमराज खतिवडाको सक्रियतामा सञ्चालन भएको खेलमा गल्छिका स्थानीय व्यवसायी बिष्णु मिश्रले ४ अंक सहित दोश्रो स्थानमा रहन सफल हुनुभएको छ । उहाँले नगद रु. ५ हजार प्राप्त गर्नुभएके छ । वैरेनीका रोशन दुवाडीले डाइरेक्ट इन्काउण्टरका आधारमा ४ अंक हासिल गर्दै तेश्रो स्थानमा रहन सफल हुनुभएको छ । उहाँले नगद रु. ३ हजार प्राप्त गर्नुभएको छ ।
धाडिङ्ग जिल्लाका शिर्षस्थ ४३ स्थानीय खेलाडीहरुको सहभागीता रहेको बुद्धिचाल प्रतियोगितामा भेटेरान तर्फ खिम प्रसाद अमगाँईं, उत्कृष्ट युवा १६ मा सौगात ढकाल , उत्कृष्ट विद्यार्थीमा एलेक्स बर्टौला , उत्कृष्ट नमूना क्याम्पसका अपील रिमाल र उत्कृष्ट महिला खेलाडी कृष्णा श्रेष्ठले आफूहरुलाई अब्बल प्रमाणीत गर्न सफल भएका छन् ।
शनिबार भएको समापन समारोहमा गल्छि गाउँपालिकाका अध्यक्ष केदार नाथ खतिवडाले विजयी खेलाडीहरुलाई २१ हजार नगद पुरस्कार वितरण गर्नुभएको थियो । शिक्षा तथा खेलकुद शाखा प्रमुख पेमा डोर्जे थोकरले मेडल प्रदान गर्नुभएको थियो । नेपाल बुद्धिचाल संघका अध्यक्ष हिराकाजि महर्जनले विजयी खेलाडी मनिष कोइरालालाई ट्रफी प्रदान गर्नुभएको छ
प्रतिक्रिया दिनुहोस