धादिङ १२ फाल्गुन
धादिङको बेनीघाट रोराङ गाँउपालिकामा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेक र प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरेको उपस्थितिमा उक्त दादुरा रुबेला खोप अभियान सम्बन्धी पालिका खोप समन्वय समिति लाई अभिमुखीकरण गरिएको बेनीघाट रोराङ गा.पा स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले बताउनुभयो । १३ गतेबाट चैत्र ७ गतेसम्म सञ्चालन हुने अभियानको बारेमा अभिमुखीकरण गरिएको तामाङले बताउनुभयो ।
साथै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाको संयोजकत्वमा गाउँपालिका स्तरिय खोप समन्वय समिति पुर्नःगठन गरी १३ गते देखि संचालन हुने राष्ट्रिय खोप कार्यक्रम “दादुरा–रुबेला विरुद्ध खोप अभियान” सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा गाउँपालिका उपध्यक्ष, दश वटै वडाका वडा अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतहज्यू, शाखा प्रमुखहरु, प्रत्येक वडाबाट महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका १ जना, आमा समूहबाट १ जना प्रतिनिधि, टोल विकास समितिबाट १ जना प्रतिनिधि, स्थानिय युवा क्लवबाट १ जना प्रतिनिधि, गाउँपालिका भित्र बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्ने गै.स.स. प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष थपलियाले अभियानमा २९०९ जना ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको र अभियान सँगै राष्ट्रिय खोप तालिका अनुसार खोप पुरा नगरेको बालबालिकाहरुको खोज र खोप अभियान संचालन गरिने बताउदै अभियानलाई सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग गरिदिनको लागि सवै सरोकारवालाहरुमा आग्रह समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस