धादिङ कार्तिक २९
धादिङको गजुरी गाउँ पालिका वडा नं. ६ बन्छेटारबाट बिहिबार प्रहरीले जबरजस्ती करणी उद्योगका एक अभियुक्तलाई पक्राउ गरी शुक्रबार प्रत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । भारत गोका जिल्ला अयोध्या स्थायी बसोबास गर्ने वर्ष ३० का कोमल शर्मालाई गजुरी गाउँ पालिका वडा नं. ६ बन्छेटारकी वर्ष २१ की महिलालाई जर्वजस्ती करणी गर्न खोजेको स्थानीयको सूचनाका आधारमा पक्राउ गरिएको हो । सुट पाइन्टका कपडा बिक्री गर्दै हिडेका शर्माले पीडित महिलाको घरभित्रै प्रवेश गरी जवरजस्ती करणी गर्न खोजेपछि महिलाले हार गुहार गरेपछि अभियुक्त फरार भएका थिए । पीडिताको सूचनाका आधारमा प्रहरीले खोज तलास गर्दा गजुरी बजारमा बस रोक्ने स्थानबाट उक्त अभियुक्तलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको हो । घटनाका थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस