धादिङ १२ फाल्गुन
एकिकृत अखिल नेपाल शिक्षक संगठन गल्छि गाउँपालिकाको भेला सम्पन्न भएको छ ।
शुक्रबार एकिकृत अखिल नेपाल शिक्षक संगठन गल्छि गा.पाका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षता, ने.क.पा माओवादी केन्द्र गल्छि गा.पा अध्यक्ष रामशरण सेन्चुरीको प्रमुख आतिथ्य्तामा सम्पन्न भएको कार्यक्रममा ने.क.पा माओवादि केन्द्र गल्छिका उपाध्यक्ष सरोज तामाङ , एकिकृत अखिल नेपाल शिक्षक संगठन धादिङ जिल्ला अध्यक्ष तिलक चेपाङको विशेष आतिथ्य्ता रहेको थियो ।
उक्त भेला तथा प्रशिक्षणबाट सदस्यता वितरण नविकरण, शिक्षकका समस्या र गुनासोको बारेमा छलफल तथा संगठन सुदृढिकरणको विषयमा रणनीति तय गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ने.क.पा माओवादी केन्द्र गल्छि गाउँपालिका अध्यक्ष रामशरण सेन्चुरीले अन्य संगठन भन्दा फरक ढंगवाट शैक्षिक शत्रको गुणस्तरीयता बढाउन लागिपर्नु पर्ने र एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध साथीहरुलाई आवश्यक साथ सहयोगको लागि पार्टि लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
त्यस्तै विशेष अत्तिथि तिलक चेपाङले शैक्षिक आन्दोलन वर्तमान परीस्थितीमा जिल्लाको अवस्था सगठन सुदृढिकरणको विषयमा चर्चा गर्दै संगठनको मर्म भावना अनुरुप लागिपर्न शिक्षक हरुलाइ निर्देशित गर्दै शिक्षकका हक अधिकार स्थापित गर्न एकिकृत अखिल नेपाल शिक्षक सगठन जिल्ला समिति प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस