धादिङ ११ फागुन
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको १४औँ गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजन वार्षिक योजनाको नीती तथा कार्यक्रममा समावेश भएका योजनाहरुको हिउँदे सभामार्फत बजेटको विनियोजन रकमान्तर र अतिआवश्यक योजना छनौट र बजेट विनियोजन गरिएको हो ।
गाउँपालिकाले विनियोजन गरेको बजेटको चालु तथा पुँजीगत खर्च तथा विनियोजित बजेटबारे सभाका उपाध्यक्ष देवराज धरेलले सभासमक्ष जानकारी गराउनुभएको हो ।
गाउँपालिकाको ७ वटै वडाहरुमा विनियोृजन भएका बजेटको कार्यन्वयन,आगमी योजनाहरुको माग तथा अनुगमन, बजेट भुक्तानी लगायतका विषयमा छलफल भएको छ । उक्त सभामा गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा,बिकास निर्माणमा समावेशी समानता लगायत सुशासन र पारदर्शितामा जनप्रतिनिधी कर्मचारीहरुले व्यवाहारिक रुपमा लागू गरि संबृद्ध त्रिपुरासुन्दरी गाउँपालिका निर्माणमा सबैको साथ सहयोग र योगदान गर्न आवश्यक रहेको कुरा सभाका सदस्यहरुले छलफलको विषय बनाएको थियो ।
गाउँपालिका अध्यक्ष राजु उप्रेतीको सभाध्यक्षमा सम्पन्न भएको गाउँसभामा उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने,सबै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,कर्मचारी संचारकर्मी लगायत सरोकारवाला व्यक्तित्वहरुको उपस्थिती रहेका थियो ।
प्रतिक्रिया दिनुहोस