धादिङ १० फाल्गुन
धादिङको गजुरी गाउँपालिकामा प्रथम अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको उद्घाटन गरिएको छ ।
‘‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’’भन्ने नाराका साथ प्रथम गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको समुद्घाटन् भएको हो । धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ र गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले संयुक्त रूपमा समुद्घाटन् गर्नुभएको थियो ।
गजुरी गाउँपालिका वडा नम्बर ५ गलौंदी स्थित कभर्ड हलमा हुने प्रतियोगिता खुल्ला भएपनि राष्ट्रिय स्तरका ‘र्याङकीङ २०’ ‘¥याङकीङ २०’ सम्मका खेलाडीले प्रतियोगितामा भाग लिन नपाउने भएका छन् । प्रतियोगितामा राष्ट्रिय पुरुष युगल, राष्ट्रिय ४५ प्लस भेट्रान पुरुष युगल, जिल्ला स्तरीय पुरुष युगल ‘बी’, जिल्ला स्तरीय पुरुष युगल ‘सी’ का खेलहरु समाबेस हुने बताईएको छ ।
राष्ट्रिय पुरुष युगल तर्फ प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार र सेमिफाईनलिष्टलाई १० हजार, भेट्रान पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, द्वितियलाई २५ हजार र सेमिफाईनलिष्टलाई १० हजार, पुरुष युगल ‘बी’ तर्फ प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार र सेमिफाईनलिष्टलाई १० हजार र पुरुष युगल ‘सी’ तर्फ प्रथमलाई २५ हजार, द्वितियलाई १५ हजार र सेमिफाईनलिष्टलाई ६ हजार पुरस्कार राखिएको छ ।
उद्घाटन कार्यक्रममा गजुरी गाँउपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङ र विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधीहरु खेलप्रमी खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।
आज बिहिबार देखि सुरु भएको अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता तीन दिन सम्म रहने छ ।
प्रतिक्रिया दिनुहोस