धादिङ १० फागुन
धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर ५ स्थित रहेको महेन्द्र बाराहि माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाकसुट बितरण गरिएको छ ।
बुधबार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिल बहादुर थापा मगरको अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष हरी अधिकारीको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरिएको हो ।
शिशु कक्षा देखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई स्थानीय गायिका शर्मिला तामाङले एक लाख बार हजार बरावरको १ सय एक जोर ट्रयाकसुट प्रायोजन गरि बुधबार वितरण गरिएको विद्यालयका प्रधानध्यापक ध्रुर्वराज धिमिरेले रेडियो बिहानीलाई बताउनुभयो । उहाँले विद्यालयको शैक्षिकस्तर उकास्नमा सबै सहयोगी हातहरुको उत्तिकै महत्व रहेकोले विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
गायिका शर्मिला तामाङले आफुले अध्ययन गर्न नपाएपनि विद्यार्थीलाई खुसी मनले अध्ययन गर्ने वातावरण वनाउन आफुले सकेको सहयोग गरेका बताउनुभयो । साथै आगामी दिनहरुमा पनि विद्यार्थीहरुको लागि सहयोगी मनहरुसँग पहल गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस