धादिङ १० फागुन
धादिङको नीलकन्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोट स्थित देउराली कुना जंगलको बारी नजिक सालक फेला परेको छ ।
बुधबार साझ स्थानीयले बारी खनजोत गर्दै गरेको अवस्थामा सालक फेला परेको वडा अध्यक्ष नवराज दुवाडीले बताउनुभयो ।“साथीहरूले सालक फेला पर्ने बित्तिकै मलाई फोन गर्नुभयो अनि मैले तुरुन्तै डिभिजन बन कार्यालयका हाकिमलाइ फोन गरे सुरक्षित स्थानमा छाड्नु पर्छ भनेर राती नभनी बन कार्यलयमा बुझाउन आए उहाँहरुले ब्यबस्थित र सुरक्षित स्थानमा छाड्नु हुन्छ भन्ने आशा छ,सालक किसानको साथी हो यो प्राणीलाइ दुरुपयोग गर्नु भनेको कानुनको दन्ड जरिवानामा पर्नु हो“ वडा अध्यक्ष दुवाडिले भन्नुभयो ।
५ किलो ७ सय ग्रामको कालो रङको चाइनीज प्रजातिको सालक डिभिजन बन कार्यालयमा बुझाएको हो । सालकलाई हस्तान्तरण गर्दै डिभिजन बन कार्यालयका प्रमुख बिस्णु प्रसाद आचार्यले सालाक संरक्षणको अभियान बिशेष रुपमा सञ्चालन गरेको केहि दिन पछाडी सालक फेला पारी बुझाउनु भएकोमा नीलकण्ठ १४ नम्बर वडा अध्यक्ष मार्फत सबै स्थानीय बासीमा धन्यवाद दिनुभयो ।
“माया लाग्यो भनेर अथवा राम्रै सोच बिचारले घरमा पाल्नु,अखेटोपहार बेच्नु,सालकलाइ धन पैसामा तुलना गर्नु भनेको आफ्नो जिबनलाइ जेलमा बिताउनु हो,कानुनी कार्बहीमा पर्नु हो“डिभिजन बन कार्यालयका प्रमुख आचार्यले भन्नुभयो ।
सालक एक लजालु दुर्लव स्तनधारी जनावार हो,किसानको साथी हो,यसले धमिरा कमिला र किरा खाने गर्दछ । बागमती प्रदेशको १३ वटै जिल्लामा पाईने सालकको संरक्षणको लागि प्रदेश सरकारले विभिन्न सचेतना कार्यक्रम,कानुनी प्रावधान बारे जनचेतना फैलाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस