धादिङ ९ फाल्गुन
धादिङको सिद्धलेक गाउँपालिकामा उत्तर प्रसुती सेवा घरभेट कार्यक्रम समिक्षा तथा योजना तर्जुमा गोष्टी समुद्घाटन भएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य शाखा संयोजक एवंम वडा नम्बर २ को वडा अध्यक्ष शम्भु गुरुङ सागरको अध्यक्षता गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सिद्वलेक गाउँपालिका भित्र कार्यरत महिला स्वयम् सेवीकाहरुलाई गर्भवती महिला लाई सहजीकरण गर्नको लागि प्रसुती सेवा घरभेट कार्यक्रम समिक्षा तथा योजना तर्जुमा गोष्टीको सञचालन गरिएको गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले रेडियो बिहानीलाई बताउनुभयो । उहाँले स्वास्थ्य उपचार सेवासंगै प्रसव पीडाकै कारण गाउँपालिकाका सम्पुर्ण महिला दिदीबहिनीहरुले ज्यान गुमाउन नपरोस र आफ्नो स्वास्थ्य अवस्थाबारे ख्याल राख्न सचेत गराउदै स्वास्थ्य नागरिक संबृद्ध सिद्धलेकको परिकल्पना गाउँपालिकाको रहेको अध्यक्ष खतिवडाले स्पष्ट पार्नुभयो ।
कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष खतिवडाले सिद्वलेक गाउँपालिकामा सरुवा भई आउनु भएका स्वास्थ्य शाखाको कर्मचारीलाई स्वागत समेत गरिएको थियो ।
गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनीधी, गाउँपालिका भरिका स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, निर्वाचित जनप्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस