धादिङ ९ फाल्गुन
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धादिङको खनियाबास गाउँ संगठन समितीको संगठन सुदृढीकरण तथा कोष विस्तार अभियानबारे छलफल गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना खनियाबास गाउँपार्टीको कार्यवाहक अध्यक्ष च्याङबाराम तामाङको अध्यक्षता पार्टी जिल्ला समन्वय समितिको सचिव दिपक लामिछाने सुबोधको प्रमुख आतिथ्यता,प्रदेश कमिटी सदस्य मंग बहादुर तामाङ,खनियावास गाउँपालिका निर्वाचित उपाध्यक्ष सेक्केमान तामाङ, जिल्ला समन्वय सदस्य तथा जिल्ला खेलकुद बिकास समिती अध्यक्ष प्रताप सिं तामाङ, लगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको गाउँकमिटी सहसचिव प्रेम बहादुर तामाङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान,जनजनमा माओवादी घर घरमा माओवादी भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ संगठन समितीको संगठन सुदृढीकरण तथा कोष विस्तार अभियान उद्दघाटन गरिएको हो ।
उक्त अभियानमा संगठन विस्तार ,पार्टी सदस्य नवीकरण,विभिन्न भातृसंगठनको सम्मेलन गठन लगायतको कार्यक्रम रहेको गाउँपार्टी कमिटी सह–सचिव तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस