धदिङ कार्तिक २८
खण्डमा पर्ने गजुरी गाउपालिका वडा नंं ६ को गौरी भञ्ज्याङ तथा मिलनटारमा स्थानीयहरुले सवारी साधन चल्न दिएका छैनन् । सवारी साधनको अत्याधिक चाप सँगै धुवाँ धुलोका कारण मानव स्वाथ्यमा असर गरेको भन्दै विहिबार स्थानीयहरुले सवारी आवत जावतमा रोक लगाएका हुन् । बिहिबार बिहानैदेखि सडकमा निस्किएका स्थानीयहरुले सो क्षेत्रमा चल्ने सडकमार्ग धुवा धुलोरहित बनाउन माग गर्दै अनिश्चितकालीन धर्ना दिएका छन् । विशेष गरी सो क्षेत्रमा बालुवा, ढुङ्गा जस्ता सामाग्रीरु बोक्ने ट्रिपरहरुको चापका कारण मानव स्वाथ्यमा समेत असर हुने गरी धुवा धुलो बढेको स्थानीय आशिष भण्डारीले बताउनु भयो । यता गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम वस्नेतले भने उक्त सडक खण्डको विषयमा स्थानीयहरुसँग दिर्घकालीन समाधानको लागि गाउँपालिकाले छुट्टै छलफल गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस