धादिङ ८ फाल्गुण
सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ क्याम्पसमा कबड्डी प्रतियोगिता हुने भएको छ ।
अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीले ‘नीलकण्ठ कबड्डी कप २०८०’को आयोजना गरेको हो ।
कर्भड हलमा हुने प्रतियोगिताका लागि फागुन १० गतेसम्म टिम दर्ता गराउनुपर्ने र टिम दर्ताको लागि पाँच सय रुपैंया शुल्क तिर्नुपर्ने आयोजक कमिटिका अध्यक्ष ईश्वर आचार्यले जानकारी दिनुभयो । फागुन ११ र १२ गते हुने कबड्डी कपको प्रतियोगितामा नीलकण्ठ क्याम्पसमा अध्ययनरत छात्रहरु सहभागी हुन पाउनेछन् ।
विद्यार्थीहरुमा खेलकुदको विकास र प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्नेसहित कबड्डी कप आयोजना गरिएको अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीका अध्यक्ष ईश्वर आचार्यले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार र दितीय हुनेले ५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् । तृतीय हुने समुहले भने मेडल र प्रमाणपत्र मात्रै पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस