धादिङ २७ कार्तिक
विकास निमार्ण कार्यमा कुनै पनि राजनीति गर्न नहुने संघीय सांसद खेम प्रसाद लोहनीले बताउनु भएको छ । ३ नं प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित सातमूले तारुखर्क लिफ्ट खानेपानीको उद्घाटन समारोह लोहनीले सो कुरा बताउनु भएको हो । लोहनीले यस्ता आयोजनाहरुमा विद्युत भन्दा सोलारको व्यवस्था गर्नुपर्ने बताउनु भयो । अर्को प्रसंगमा बोल्दै सांसद लोहनीले भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले कुटनीतिक पहल गरेको बताउनु भयो ।
लोहनीले संघिय सांसद विकास कोष बाट रु १५ लाख लगानी गर्ने कार्य योजना भएता पनि विविध कारणले लगानी गर्न नपाएकोमा दुःख ब्यक्त गर्नु भएको थियो । यस्तै नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीमप्रसाद ढुङगनाले नीलकण्ठ नगरपालिकाको प्रत्येक वडामा १÷१ करोड खानेपानीको बजेट छुट्याएको बताउनु भएको छ । सो आयोजना प्रदेश सांसद विकास कोष बाट रु ५० लाख तथा जन–श्रमदानबाट रु.१३ लाख गरी कुल ६३ लाखमा सम्पन्न भएको हो । नीलकण्ठ नगरपालिका वडा नं ७ का कुल १ सय ३२ घरधुरीले मध्ये १ सय २४ घरधुरी उक्त खानेपानी उपयोग गर्ने भएको छ । यसै गरी खानेपानीको ट्याङकी बनाउनको लागि ६ आना जग्गा दिने जग्गादाता देब बहादुर श्रेष्ठ, गिट्टी, बालुवा, रड सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
सातमूले तारुखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम बहादुर शाहीको अध्यक्षता रहेको कार्यक्रममा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद डा. रामक्ुमार अधिकारी, नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङगना, उप प्रमुख मनराज भण्डारी, नेपााली काङग्रेस धादिङका सभापति रमेश प्रसाद धमला, पुर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस