धादिङ ०६ फागुन
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ ।
आईतबार गाउँपालिकाको वडा नं १ निवासी २१ बर्षिया जेनिभा तामाङको हेलिकप्टर मार्फत उद्वार गरिएको हो । सुरक्षित प्रसुतिका लागि स्थानीय ताजिम्राङ सामुदायिक स्वास्थ्य ईकाईमा ल्याईएका तामाङलाई प्रशब बेथामा जटिलता आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरि काठमान्डौ पठाईएको गंगाजमुना गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्रगत नेपाली सेनाको हेलिकप्टरबाट निशुल्क उद्वार गरिएको हो । उक्त कार्यक्रम धादिङको रूबिभ्याली गाउँपालिका, गंगाजमुना गाउँपालिका र खनियावास गाउँपालिकामा लागु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस