धादिङ ०६ फागुन
भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिछटेडको २३ औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गरि संस्थाको अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त संस्थाले सामाजिक उत्त्तरदायित्वका कार्यहरु मुनाफाबाट ०.५ प्रतिशतको ५१५०१ भैरवी मन्दिर निर्माणको लागि,बिचबजार चौतारा निर्माणका लागि ११ हजार १ सय ११ रुपैया सहयोग, विभिन्न समयमा रक्तदान कार्यक्रम, जिल्ला अस्पतालमा उपचारत बिरामीहरुलाई फलफुल वितरण लगायतका सामाजिक कार्य संस्थाले गर्दै आएको संस्थाका महासचिव राजकुमार श्रेष्ठले जानकारी गराउनुभयो ।
उहाँले धादिङवेसी आसपासका मानिसहरुको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्न सहयोग गर्ने वित्तिय कारोबार गर्ने संस्था स्थापना गर्ने लक्ष्य अनुरुप स्थापना भएको संस्थामा हाल ३ करोड ७ लाख १० हजार चार सय रुपैया शेयर पूँजी संकलन गर्न सफल भएको महासचिव श्रेष्ठले जानकारी गराउनुभयो ।
२०५७ सालमा १५५ जना शेयर सदस्य सहित एक तर्दथ समिति गठन गरी सहकारी ऐन २०४८ अनुसार २०५७ साल चैत्र १४ गते सहकारी कार्यालय चितवनमा दर्ता गरिएको संस्थापक अध्यक्ष इश्वरकुमार श्रेष्ठले बताउनुभयो । उहाँले शेयर सदस्यलाई स्वास्थ्य उपचार कोषको व्यवस्था, पारिवारिक राहत, सदस्य शिक्षा तथा अवलोकन भ्रमण, बिदाको दिनहरुमा काउन्टर सेवा लगायतका सेवा विस्तार गरिएको बताउनुभयो ।
नेपाल सरकार आन्तरिक राजश्व कर कार्यालय गल्छिले धादिङ जिल्ला भित्रका वैंक तथा वित्तिय संस्था मध्ये सवैभन्दा बढि कर बुझाउने संस्थाको रुपमा पुरस्कृत गर्नुका साथै जिल्ला बचत संघले असल वचत गर्ने संस्थाको रुपमा सम्मान तथा पुरस्कार समेत प्रदान गरेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
२ हजार पाँच २६ शेयर सदस्य रहेको संस्थामा जगेडा कोषमा १ करोड ६३ लाख ५१ हजार ५ सय २३ रुपियाँ, अन्य कोषमा २ करोड २७ लाख ६९ हजार ८ सय २५ रहेको छ । नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाको १ र २ नम्वर वडामा सेवा प्रवाह भईरहेको संस्थाले सेयर सदस्यको स्वास्थ्य उपचार तथा सदस्यको मृत्यु भएको खण्डमा मृतकका परिवारलाई सहयोग प्रदान गर्न छुट्टा छुट्टै कोषको व्यवस्था रहेको छ ।
महासचिव राजकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा, जिल्ला सहकारी संघका प्रमुख तथा प्रतिनिधी,पत्रकार, विभिन्न संघसंस्था प्रमुख तथा प्रतिनीधी,कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस