धादिङ २५ कार्तिक
कर्तव्य ज्यान मुद्दा लागि फरार भएका धादिङका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेका छन् । जिल्लाको खनियाबास गाउँपालिका वडा नं. ३ दार्खाका पर्शुराम तामाङको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि)ले आइतबार उनीहरुलाई प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा स्थानीय गोम लामा तामाङ र सुकलामा तामाङ रहेका छन् । सत्र वर्ष अघि स्थानीय पर्शराम तामाङलाई खुकुरी, नाइन स्टिक र ढुङ्गा प्रहार गरी हत्या गरी फरार भएका थिए । धादिङ प्रहरीको आग्रहमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उक्त घटनामा संलग्न भनिएका अन्य ४ जना अभियुक्त फरार रहेका छन् । अभियुक्तहरुले २०५९ साल कात्तिक २९ गते साँझ ५ः३० बजेको समयमा खुकुरीले प्रहार गरी पशुराम तामाङलाई घाइते बनाएका थिए । धाइते तामाङको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक पर्शुरामकी १८ वर्षिय श्रीमती छन्दर तामाङको जाहेरीका आधारमा प्रहरीले अभियुक्तहरु पक्राउ गरेको हो । पछिल्लो समय प्रहरीको सक्रियता बढ्दै गएकाले वर्षौ पुराना घटनाका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस