धादिङ ३ फागुन
न्यु धादिङ वोर्डिङ स्कुलको १५ औँ वार्षिक उत्सव बृहत सांस्कृतिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मिलनटोल रानीधारा स्थित रहेको विद्यालयले बुधबार एक भव्य कार्यक्रमको आयोजना गरि विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाईएको हो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले गित, सचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी अभिभावक शिक्षक शिक्षिका लाई सम्मान गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल अभिषेक बसौलाले विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई सरस्वती पुजाको दिनदेखी अक्षरम्भ दिन सुरुवात भएको हुनाले फागुन महिनाभरी नयाँ भर्ना कार्यक्रम रहने जनाकारी दिनुभयो । उहाँले निशुल्क भर्ना सँगै स्टेशनरी सामाग्री समेत प्रदान गरिने पनि बताउनुभयो ।
विद्यालयको वार्षिक उत्सवको पुर्वसन्ध्यामा सरसफाई, साईकलमा बजार परीकमा तथा अभिभावक शिक्षक विद्यार्थीलाई विभिन्न मनोरञ्जनका कृयाकलापहरु सञ्चालन समेत गरिरहेको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार, बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक लगायत विद्यार्थीहरुको भव्य सहभागी रहेको थियो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा तथा आराधना ग¥यो भने ज्ञान, विद्या, बुद्धि बढ्ने जनविश्वास रहेको छ ।
न्यु धादिङ वोर्डिङ स्कुलले जिल्लाकै एक नमुना वोर्डिङ स्कुलको रुपमा स्थापित गराई शैक्षिक गुणस्तर प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस