धादिङ ३ फागुन
धादिङ आवासीय माध्यमिक विद्यालयको २७ औँ वार्षिक उत्सव बृहत सांस्कृतिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ ।
बुधबार एक भव्य कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समिती अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता प्रतिनीधीसभा सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानबजार स्थित रहेको विद्यालयमा विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी उक्त वार्षिक उत्सव तथा अभिभावक दिवस मनाईएको हो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले गित सचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी अभिभावक शिक्षक शिक्षिका र २०७९ मा ४ जिपिए ल्याउने विद्यार्थी,विद्यालयमा अध्ययन गरी हाल चिकित्सा क्षेत्र तथा सरकारी तथा अन्तराष्ट्रिय क्षेत्रमा उच्च दर्जामा कार्यरत पुर्व विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रामनाथ अधिकारीले शैक्षिक क्षेत्रबाट धादिङ जिल्लालाई हैसियतपुर्ण वातावरणमा परिचय दिन सफल बनाएको बताउदै विद्यालयको शिक्षा बिकास व्यवस्थापन तथा आवश्यक विभिन्न कुराहरुमा सहकार्य सहितको सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद पाण्डेले धादिङ आवासीय माध्यमिक विद्यालयले स्थापनाकाल देखि नै विव्यस,अभिभावक शिक्षक शिक्षिका लगायत सबै टिमको संयुक्त प्रयासले जिल्लाकै अब्बल दर्जामा शैक्षिक उपलब्धि हासिल गर्न सफल भईरहेको बताउनुभयो ।
भुकम्प प्रतिरोधी भवनमा अध्यापन गराउदै आएको विद्यालयमा करिब एक हजार विद्यार्थीले अध्ययन गरिरहेको छ । विद्यार्थीलाई आवश्यक पर्ने सबै सामाग्रीको व्यवस्था समेत रहेको बताउनुभयो । आगामी बैशाख देखि नयाँ यातायातका साधन बसको पनि आवश्यक प्रबन्ध मिलाईसकेको पनि प्रिन्सिपल पाण्डेले जानकारी दिनुभयो ।
विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई सरस्वती पुजाको दिनदेखी अक्षराम्भ गराउने प्रचलन रहेको र यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको बताउदै फागुन महिनाभरी अक्षारम्भ नयाँ भर्ना कार्यक्रम रहने पनि विद्यालय व्यवास्थपन समितिका अध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो । उहाँले निशुल्क भर्ना सँगै स्टेशनरी सामाग्री समेत प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी पत्रकार बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक लगायत विद्यार्थीहरुको भव्य सहभागी रहेको थियो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा तथा आराधना ग¥यो भने ज्ञान, विद्या, बुद्धि बढ्ने जनविश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस