धादिङ १ फाल्गुण
धादिङमा जनयुद्ध दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
२९ औँ महान जनयुद्ध दिवसको अवसरमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) जिल्ला समन्वय समिति धादिङको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा सम्पन्न उक्त खुल्ला रक्तदान कार्यक्रममा ३ जना महिला र ३० जना पुरुष गरि जम्मा ३३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङकोे कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस