धादिङ १ फागुन
धादिङको रुविभ्याली गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क अध्ययन गर्ने अवसर दिने भएको छ ।
२६ माघमा बसेको १४औं हिउँदे अधिवेशन गाउँ कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरि सदरमुकाम धादिङवेशी स्थित रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने पालिकाभरीका सम्पूर्ण विद्यार्थीको शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।
‘कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्नेमा हामी सजग छौँ त्यसैले क्याम्पसमा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क पालिकाले तिर्ने निर्णय गरेका छौँ’पालिका प्रमुख रामसिंह तामाङ भन्नुभयो । नीतिगत निर्णय गरेर गाउँपालिकाको कार्यक्रमकै रूपमा पनि कार्यक्रमलाई आगामी आर्थिक वर्षमापनि निरन्तरता दिन सकिने पनि प्रमुख तामाङ बताउनुभयो ।
रुविभ्याली गाउँपालिकाले धादिङ अस्पतालसंगको सहकार्यमा पालिकाका जनतालाई स्थानीय स्वास्थ चौकीमा उपचार हुन नसकेका बिरामीलाई पाँच हजारसम्मको निःशुल्क उपचार गराउने तयारी समेत गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस