धादिङ २९ माघ
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा यहि फाल्गुन महिनाको १३ गते देखि १९ गतेसम्म संचालन हुने रास्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला विरुद्धको खोप अभियानको तयारीस्वरूप तयारी गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समितिको संयोजक कृष्णबहादुर थपलिया (विवेक)को अध्यक्षता, जिल्ला स्वास्थ्य कार्यालयको बरिष्ठ जनस्वास्थ्य अधिकृत बिभु कुमार झाको प्रमुख आथित्यता तथा बेनीघाट आधारभूत अस्पतालको डा.उद्धप थपलियाको सहजीकरणमा खोपकर्मीहरुको लागि एक दिने तालिम सम्पन्न गरिएको स्वास्थ्य शााखा प्रमुख ब्रजेश तामाङले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख तामाङले दादुरा –रुबेला विरुद्धको खोपको राष्ट्रिय अभियानमा ९ महिन देखि ५ बर्ष उमेर समुहको बालबालिकाहरुलाई दादुरा –रुबेला विरुद्धको खोप लगाउने भएकाले ९ महिन देखि ५ बर्ष सबै बालबालिकाहरुलाई खोप लगाई अभियान सफल बनाउन सबैमा हार्दिक अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस