धादिङ २९ माघ
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा सामूदायिक रेडियोसंग अन्तर परीसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार विश्व रेडियो दिवस एंव अन्तर्राष्ट्रिय भाषा दशकको अवसर पारी गाउँपालिको वडा न ६ बुङपुङमा सिमान्तकृत चेपाङ समूदायको सरोकार पक्षसंग भाषा संस्कृति संरक्षणमा सामूदायिक रेडियोको भूमिका विषयक परिसंवाद कार्यक्रम धादिङ लगायतका आसपासका रेडियोकर्मीहरुको उपस्थितीमा परिसंवाद कार्यक्रम सम्पन्न भएको हो ।
बरिष्ठ साहित्यकार डा. नवराज लम्साल, रेडियो धादिङ सञ्चालनक संस्था ग्रामीण ससञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष सुवास खतिवडा, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे,६ नम्बरका वडा अध्यक्ष राजेन्द्र सिलवाल,४ नम्बरका राजु बहादुर मगर,२ नम्बरका हेमराज भुजेल,पत्रकार नवराज छत्कुली,रेडियो बिहानीका स्टेशन म्यानेजर निर तामाङ लगायतको सञ्चार गृहका पत्रकारहरु,स्थानीय विद्यालयका प्र.अ तथा प्रतिनीधीको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय जनगणना २०६८ अनसार अनुसार रेडियो सुन्ने श्रोता अझैपनि ३४ प्रतिशत रहेको तथ्याङ्क छ । संघीयता कार्यन्वयनमा सामूदायिक रेडियोको भूमिका र समाजको सत्य तथ्य सूचना प्रवाहको मुख्य सुचना प्रवाहमा रेडियोको भुमीका अतुलनीय रहेको छ ।
बेनिघाट रोराङ गाउँपालिका र रेडियो धादिङले आयोजना गरेको परिसंवाद कार्यक्रममा नीलकण्ठ एफ.एमं,रेडियो बिहानी,रेडियो राजमार्ग,कृषि रेडियो,युनिक एफ.एम.,चितवनमा रहेको ईच्छाकामना एफ.एम.र दिगो फाउन्डेसनले सहकार्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस