धादिङ २४ कार्तिक
नेपाल रेडक्रस सोसाइटी धुषा उपशाखाको आयोजनामा यही कार्तिक ३० गते शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । देशैभर भएको रगत अभावलाई कम गर्नका लागि धादिङ जिल्लाका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गर्ने क्रममा आयोजित रक्तदान कार्यक्रमको सह आयोजकमा चरौदी समाज सुधार युवा क्लब र प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङ रहेको छ । बुद्धि विकास आधारभूत विद्यालय बेनिघाट रोराङ गाउँ पालिका ७ मा हुने रक्तदान कार्यक्रममा सम्पूर्ण स्वयमसेवी रक्तदाताहरुलाई रक्तदान गर्न आयोजक संस्थाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस