धादिङ २८ माघ
नीलकण्ठ -१४ धुवाकोटमा सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
धुवाकोट माने भञ्ज्याङ धादिङ जन आवाजÞ युवा क्लबको आयोजनामा मञ्जु श्री सम्वत् २८६० औं डुक ल्हो (गरुड वर्ग) को अवसरमा आयोजना गरिएको सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम शनिबार सभ्य र भव्य रुपले सम्पन्न भएको हो ।
जन आवाज युवा क्लवका अध्यक्ष ठम बहादुर गुरुङको सभापतित्व ने.क.पा माओवादि (केन्द्र)का केन्द्रीय सदस्य एवम बागमति प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विस्वकर्मा ,नीलकण्ठ १४ का वडा अध्यक्ष नमराज दुवाडिको ने क पा माओवादि पुर्व धादिङ जिल्ला जनसरकार प्रमुख बुद्दिलाल तामाङको विशेष आतिथ्यता, नीलकण्ठ १४ का महिला वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमला तामाङ वडा सदस्यहरु भिम गुरुङ सुर्य तामाङ गिता परियार ने.क.पा माओवादि केन्द्र धादिङका जिल्ला सचिव सुबोध लामिछाने विभिन्न राजनितिक दलका प्रतिनिधि सङ्घसस्था पत्रकार बुद्दिजिवि तामाङ कलाकारहरुको आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि बागमति सरकारका मुख्यमन्त्री सालिकराम जम्कटेलले आज विभिन्न जात जाति भाषा भाषीलाइ आफ्नो पहिचान स्थापित गराउनको लागि बागमति प्रदेशमा बाहुल्यता भएको तामङ र नेवार जातिको भाषा सरकारी कामकाजि भाषा बनाउन प्रदेस सरकारले घोषणा गरेको बताउनुभयो ।
उहाँले आफु मुख्यमन्त्री भएपछि बागमती प्रदेशले विकासको छलाङ मार्न सुरु गरेको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले अबको ५ वर्षमा बागमती प्रदेशका हरेक वडा र पालिका कृषि पकेट क्षेत्रको रुपमा देखिने दावी गर्नुभएक्ँे छ ।
नीलकण्ठ १४ स्थित धुवाँकोटमा प्रदेश सरकारले यस वर्ष बजेट विनियोजनमा छुट हुन गएको स्वीकार्दै उहाँले यस अघि आफूले राम्रै बजेट धुवाँकोटमा पठाएको र सडक पिचको काम अगाडी बढेको बताउनुभयो । उहाँले आफुले बोलेको जनआवाजको खेलमैदान स्तरोन्नती, कुपा सामुदायीक भवनलाई पूर्णता दिने काममा भने अहिलेको बजेटमा छुट हुन गएको र त्यो आफुले पुरा गर्ने प्रतिवद्धता गर्नुहुदै बोलेको कुरा पुरा गर्ने आफ्नो बानी भएको उहाँले बताउनुभयो ।
त्यस्तै विशेष अतिथि नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विस्वकर्माले आज विभिन्न जात जाति भाषा धर्म समुदायको आफ्नो मौलिकता र पहिचान स्थापित गराउन महान दस वर्षे जनयुद्व ६२/६३ को जनअन्दोलनको जगबाट स्थापित गणतन्त्र स्थापना र संविधानले स्पष्ट व्यवस्था अनरुप तामाङ समुदायको चाड यसरी मनाउन पाइएको र धुवाकोटको विकासमा नीलकण्ठ नगरपालिकाबाट गर्र्न सहयोग गर्ने प्रतिवधता जनाउनु भयो ।
कार्यक्रममा कलाकारहरु आरम्भ तामाङ, सिता लामा, रमला पाख्रिन, राम गुरुङ लगायत स्थानिय कलाकारको प्रस्तुती र लामाहरुको लालि नाच घोडाचडि नाच लगायतको झाँकि प्रस्तुत गरीएको थियो ।
प्रतिक्रिया दिनुहोस