धादिङ २७ माघ
उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ३ मा सञ्चालित बृचेत माविले विज्ञान विषयको प्रयोगात्मक कार्यको प्रदर्शनी गरिएको छ ।
कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु संलग्न ७ समूह बनाई प्रतिस्पर्धा समेत गराएको थियो । कक्षामा उत्कृष्ट प्रदर्शन गरेकाहरूलाई समूह बनाइदिएर थप मोडिफाइ गरि प्रतियोगितामा प्रदर्शन गरेको विद्यालयका विज्ञान विषयको शिक्षक राजेश गिरिले जानकारी दिनुभयो ।
” विद्यार्थीहरू अनमोल मोतिका गहनाहरू हुन् उचित शिक्षाले उनिहरुलाई चम्काउन मद्दत गर्दछ, त्यसैले हामीले वार्षिक कार्यपात्रोमा नै विज्ञान प्रदर्शनी समावेश गरेका हौ।” विद्यालयकी प्रधानाध्यापक लालकुमारी तामाङले बताउनु भयो ।
आफुले निर्माण गरेको हेलिकप्टर र प्रयोगबारे प्रस्तुति दिदै कक्षा ९ मा अध्ययनरत ङिमारिञ्जेन फ्युबा तामाङ लागायत अन्य विद्यार्थीहरुले डोजर, हेलिकप्टर, मिक्स्चर लगायतका भौतिक सामग्री निर्माणका साथै वैज्ञानिक प्रयोगहरू प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस