धादिङ २६ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोट स्थित माने भञ्ज्याङमा हुने २८६० औँ डुक ल्हो ९गरुड वर्ग० को सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम ससांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।
जनआवाज युवा क्लब माने ल्होछार समितिको आयोजना तथा बागमती प्रदेश सरकारको मुख्य मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न हुने धुँवाकोट बाट सहकर्मी सुमन अधिकारीले जानकारी दिनुभयो ।
भाषा धर्म संस्कृति हाम्रो पहिचान, जातीय र सामाजिक सद्भाव हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन हुने उक्त कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु गायिका रमला पाख्रिन, गायक आरम्भ तामाङ, गायिका सिता लामा र गायक राम गुरुङको साथमा स्थानीय लामा तथा झांक्री नाचहरू घोडा लांच, चिमा नांच लाली नाच र स्थानीय कलाकारहरुको भव्य प्रस्तुती रहनेछ ।
प्रतिक्रिया दिनुहोस