धादिङ २४ कार्तिक
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा धादिङले आइतबार धादिङबेसीमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङ जिल्लामा सूचना प्रविधिको क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न अग्रसर प्रविधिप्रेमीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । पछिल्लो समयमा युवा पुस्ताहरुले कम्प्युटर क्षेत्रलाई बढी प्राथमिकता दिएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । कम्प्युटर क्षेत्रमा काम गर्ने ब्यावसायीहरुले आफूले सिकेका कुरा कसरी ब्यवहारमा उतार्ने भन्ने बारे सोच्न आवश्यक रहेको सहभागिहरुले बताएका थिए । धादिङबेसी बजार क्षेत्रमा सूचना प्रविधिको पहुँच बढाउनको लागि रु १ करोड बजेट विनियोजन गरी बजार क्षेत्रका ४ ठाउँमा फ्रि वाई–फाई राखिएको नीलकण्ठ नगरपालिका धादिङका उप–प्रमुख मनराज भण्डारीले बताउनु भएको छ ।
नीलकण्ठ नगरपालिका धादिङले धादिङको १४ वटै वडामा इन्टरनेटको प्रविधि सुरु गरेता पनि भरपर्दो नभएको बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नीलकण्ठ नगरपालिकाका १४ वटा वडा मध्ये ११ र १२ वडामा अनलाइन घटना प्रणाली शुरु गरेको बताउनु भयो । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा धादिङका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उप–प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कम्प्युटर एशोसियसन नेपाल महासंघ चितवन शाखाका भानु शर्मा, विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक, तथा कम्प्युटर ब्यावसायीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस