धादिङ २६ माघ
धादिङमा बृहत सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन मुख्यमन्त्री शालिकराम जमरकटेलले गर्ने भएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती धादिङको आयोजनामा सम्पन्न हुने उक्त साँस्कृतिक कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्यतामा उद्घाटन हुने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती धादिङको सचिव तामाङले जानकारी दिनुभयो । कार्यक्रमको मञ्च व्यवस्थापन,बोम्बो,लामा,चेमा,घोडा नाच लगायतको प्रस्तुती समेत तयारी पुरा भएको उहाँले बताउनुभयो ।
सदरमुकाम धादिङवेशीमा बिहान ११ बजे बाजा गाजा झाँकी सहितको र्याली प्रदर्शन गरी उद्घाटन हुने नेपाल तामाङ सचिव हरि सरन तामाङले रेडियो बिहानीलाई बताउनुभयो ।
चर्चित मेन्दोमाया कलाकारहरु टिका बोम्चन, रिया घले, युबी मंग्रेसा, सन्दिप स्याम्चे, यमवी गुरुङ, जयविर तामाङ, रितु लामा, राज गोम्जा, सविना तामाङ लगायतको स्थानीय तथा ख्याती प्राप्त कलाकारहरुको वेजोड सांस्कृति प्रदर्शन रहने छ ।
माघ महिनाको विशेष दिन ल्हो अर्थात नयाँ वर्ष फेर्ने दिन तामाङ समूदायमा बृहत सोनाम ल्होछार कार्यक्रम मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस