धादिङ २५ माघ
धादिङ आवसीय माध्यमिक विद्यालयमा स्वास्थ्य परीक्षण शिविर कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको २७ औं वार्षिक उत्सबको अवसरमा बिहिवार नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शितल बजार स्थित विद्यालयको परीसरमा एक स्वास्थ्य जाँच शिविरको आयोजना गरि स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको हो ।
विद्यालयमा अध्यायन गर्ने विद्यार्थीको अभिभावकलाई केन्द्रित गरि धादिङ अस्पतालका विषयगत विशेषज्ञको टोलिबाट महिला रोग सम्बन्धी ब्लड प्रेसर,किड्नीको अवस्था,पाठेघर सम्बन्धी जाँच,यौन रोग,पथ्री लगायतका रोगहरुको परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद पाण्डेले रेडियो बिहानीलाइ बताउनु भयो । उक्त शिविरबाट १ सय ७ जनाले सेवा लिएको छ ।
उहाँले स्वास्थ चेक जाँच बाट थप उपचार गर्नु परेमा धादिङ अस्पतालमा विशेष छट सेवा सहित उपचारमा सहयोग गर्ने बताउनुभयो । विद्यार्थीले शैक्षिक उपलब्धी हाँसिल गर्न परिवारको स्वास्थ्य अवस्था पनि तन्दुरुस्त हुनुपर्ने भएकाले विद्यालयले अभिभावकलाई स्वास्थ्य परीक्षण,अभिभावक नृत्य जस्ता मनोरञ्जनका क्रियाकलापहरु गर्दै शैक्षिक गुणस्तरमा अभिभावकको भूमिका जोड्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस