धादिङ २४ कार्तिक
नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समावेश गरेको बिरोधमा धादिङका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थीसंघ धादिङको आयोजनामा विरोध ¥यालीको आयोजना गरेको हो । ¥यालीमा भारतले आफ्नो नक्सामा परेका नेपाली भु–भागहरु तत्काल फिर्ता गर्नु पर्ने माग गर्दै बजार परिक्रमा गरेको थियो । प्रदर्शनका सहभागीहरुले राष्ट्रिय झण्डा बोकी लिपुलेक र कालापानी हाम्रो हो’ भन्दै भारतले नक्सामा परेका सबै नेपाली भुमी फिर्ता गर्नु पर्ने माग गर्दै नारा लगाएका थिए । विरोध ¥याली सहभागीहरुले बजार परिक्रमा गरी पुछार बजारमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने बक्ताहरुले भारतले नक्सामा नसच्याए र भुमी फिर्ता नगरे नेपाल विद्यार्थी संघ धादिङले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । सरकरले कुटनीतिक पहलबाट जति सक्दो चाडो यस मुद्दालाई अगाडि बढाउनु पर्ने भन्दै दवाब समेत दिएको छ । नेपाल विद्यार्थीसंघ धादिङका अध्यक्ष इश्वर अधिकारीले नेपालको सिमा मिचेर भारतले नयाँ नक्शा सार्वजनिक गरी नेपाली राष्ट्रियता माथि आक्रमण गरेको बताएका थिए । नेपाली भुमि रक्षाका लागि सरकारले भारत सँगको कुटनितिक छलफल गर्न ढिलाई गरेको भन्दै छिटो भन्दा छिटो नेपाली भुमि फिर्ता गर्न सरकारले निर्णायक भुमिका खेल्नु पर्ने बताएका थिए । अध्यक्ष अधिकारीले कुटनितिक पहल सँगै सिमानामा सेना परिचालन गर्नुपर्ने बताउँदै सरकारको देखाउने राष्ट्रवाद र भित्रि राष्ट्रवाद उदाङ्गो हुँदै गएकोले सिमा रक्षाको लागि सरकारले महत्वपूर्ण कदम चाल्नेमा आशङका रहेको समेत बताएका थिए ।
प्रतिक्रिया दिनुहोस