धादिङ २५ माघ
बागमती प्रदेशमा विहीबार बाट प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८० सुरु भएको छ ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा प्रदेश प्रहरी कार्यालय हेटौडाको सहकार्य तथा समन्वय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्याल राम नगर चितवन,जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त आयोजनामा बिहीबार सदरमुकाम धादिङवेशीमा विभिन्न संघ संस्था सरोकार वाला पक्ष सहितको बृहत र्याली सञ्चालन गरि दुर्घटना न्युनीकरणका सचेतनामूलक पर्चा,प्लेकार्ड लगायतका बस्तुहरु प्रदर्शन गरी प्रभातफेरी कार्यक्रम उद्घाटन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले पृथ्वी राजमार्गको ८७ किलो मिटर हाइवे र अन्य स्थानहरु विद्यालय, बस पार्क, सार्वजानिक स्थानहरु सचेतनामूलक ब्यानरहरु टाँस गर्ने,सवारी चालक सह चाहकको स्वास्थ्य जाँच सहितको सचेतना अभियान सञ्चालन गर्ने,यात्रुहरुलाई दुर्घटना न्यनीकरणका उपायहरुबारे जानकारी गराउने, समूदाय प्रहरी साझेदारी अन्तरर्गतका कार्यक्रमहरुमा जानकारी गराउने जस्ता कार्यक्रहरु सञ्चालन गरिने बताउनुभयो ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि नीलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुङगानाले ट्राफिक नियम,सवारी दुर्घटनाका कारण,न्यूनीकरणका उपाय लगायतका बिषयबस्तुलाई स्थानीय तह सरकारले एउटा विद्यालय पाठ्यक्रम नै बनाएर सचेतना फैलाउन आवश्यक देखिएको बताउनुभयो । सवारी दुर्घटनाको मुख्य कारण ट्राफिक नियम र सवारीको अवस्था,चालकको लापरवाहीले बढ्ने गरेको हुँदा पाठ्यक्रम नै बनाएर लागु गर्नुपर्ने स्पष्ट पार्नु भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय का प्रमुख प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु प्रसाद थपलिया,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी,विद्यालयका शिक्षक शिक्षिका विद्यार्थी,आमा समूह,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
गजुरीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठका अनुसार धादिङ जिल्लामा पर्ने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा एक आर्थिक वर्षमा मात्रै १ सय १९ वटा साना ठुला सवारी साधनहरु दुर्घटनामा पर्ने गरेको छ । १८ जनाले ज्यान गुमाउन परेको छ भने २सय ८६ जना घाईते भएको छ । माघ २५ बिहीबार बाट सुरु भएको प्रदेश स्तरीय ट्राफिक सप्ताह आगामी फागुन २ गते समापन हुने छ ।
प्रतिक्रिया दिनुहोस