धादिङ २५ माघ
जिल्ला खेलकुद बिकास समिती धादिङले कभर्ड हलको अनुगमन गरिएको छ ।
बागमती प्रदेश सरकारले धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मालेबगर स्थित बन्दै गरेको करिब २ हजार पाँच सय जनाको प्याराफिट सहितको कर्भड हलको विहीबार जिल्ला खेलकुद बिकास समिती धादिङको अध्यक्ष प्रताप सिं तामाङ,पुर्व अध्यक्ष मनराज भण्डारी,बागमती प्रदेश खेलकुद बिकास परिषद वोर्ड सदस्य अमृत तामाङ,जिल्ला कबड्डी संघका अध्यक्ष रत्नेश यादव,सितोरियो करातेँ जिल्ला अध्यक्ष वलराम राना मगर लगायत कार्यालय प्रमुख रमेश मान तुलाधर सहितको टोलीले निर्माणाधीन कर्भड हलको अनुगमन गरेको हो ।
जिल्ला खेलकुद बिकास समिती धादिङका पुर्व अध्यक्ष मनराज भण्डारीले विभिन्न सामाजिक सञ्जाल तथा समाचारहरुमा अलपत्र भएको भन्ने समाचार आईरहँदा निर्माणको अवस्था के छ, तोकिएको समय अवधीमा किन निर्माणकार्य सम्पन्न नभएको भन्ने विषयमा सम्बन्धीत निर्माण व्यवासायी,निकाय संग सिधा फोन सम्पर्क गरि जानकारी लिएको बताउनुभयो ।–‘‘निर्माणको प्रकृया जारी छ भोली साँझ सम्ममा माथि छाउने जस्ता आईपुग्छ,फाल्गुन महिना भित्रमा निर्माण कार्य सम्पन्न हुने जानकारी दिएको छ’’–पुर्व अध्यक्ष भण्डारीले रिेडियो बिहानीलाई बताउनुभयो ।
प्याकेजमा निर्माण भईरहेको अवस्था छ केहि प्राविधिक समस्याका कारण काम ढिलो भएको हुँदा निर्माण सम्पन्न गर्न समय लागेको बताउदै यहि फागुन महिना भित्र निर्माण सम्पन्न हुने सार्वजानिक निर्माण कार्यन्वयन ईकाइ गजुरी धादिङका प्राविधिक प्रताप घलेले रेडियो बिहानीलाई बताउनुभयो ।
११ करोडको डिपीआर लागत रहेको उक्त प्याराफिट सहितको कर्भड हल आर्थिक बर्ष २०७७÷०७८ मा ४ करोड २५ लाखमा ठेक्का सम्झौँता भएको हो । आगामी आर्थिक बर्षमा करिब ३ करोड ५० लाख बराबरको भिआईपी स्टेच निर्माणको तयारीमा समेत काम अगाडि बढाई रहेको प्राविधिक घलेले जानकारी दिनुभयो । उहाँले सबै निर्माण कार्य सम्पन्न गर्न आगामी आर्थिक बर्षमा ४ करोड ५० लाख अनुमानित रकम आवश्यक रहेको पनि जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाकै नमुना कर्भड हल निर्माण सम्पन्न गर्नलाई बागमती प्रदेश सरकारसंग आर्थिक व्यवस्थापनको लागि आफ्नो तर्फबाट पहल गर्ने जिल्ला खेलकुद बिकास समिती अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस