धादिङ २४ माघ
धादिङमा बृहत सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
सदरमुकाम धादिङवेशीमा यहि माघ २७ गते २८६० औँ (डुक ल्हो) सोनाम ल्होछारको पावन अवसरमा बृहत सांस्कृतिक र्याली प्रदर्शन गरि साँस्कृतिक कार्यक्रम मनाउन लागिएको प्रचारप्रसार समितीका संयोजक तामाङ पत्रकार संघ धादिङका अध्यक्ष निर तामाङले जानकारी दिनुभयो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती धादिङको आयोजनामा सम्पन्न हुने उक्त साँस्कृतिक कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्यतामा उद्घाटन हुने संयोजक तामाङले जानकारी दिनुभयो ।
चर्चित मेन्दोमाया कलाकारहरु टिका बोम्चन, रिया घले, युबी मंग्रेसा, सन्दिप स्याम्चे, यमवी गुरुङ, जयविर तामाङ, रितु लामा, राज गोम्जा, सविना तामाङ लगायतको स्थानीय तथा ख्याती प्राप्त कलाकारहरुको वेजोड सांस्कृति प्रदर्शन रहने छ ।
माघ महिनाको विशेष दिन ल्हो अर्थात नयाँ वर्ष फेर्ने दिन तामाङ समूदायमा बृहत सोनाम ल्होछार कार्यक्रम मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस