धादिङ २४ माघ
धादिङमा जनयुद्ध दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेकपा माओवादी केन्द्र धादिङको आयोजना नीलकण्ठ नगरपार्टी कमिटीको सहआयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा २९ औँ जनयुद्ध दिवसको अवसरपारी यहि फागुन १ गते मंगलबार धादिङ अस्पतालको परिसरमा विहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गरिने जिल्ला संयोजक मनराज भण्डारीले रेडियो बिहानीलाई बताउनुभयो ।
संयोजक भण्डारीले उक्त रक्तदान कार्यक्रममा सहभागी भईदिनुहुन समस्त धादिङबासी पार्टी नेता तथा कार्यकर्ता लगायत शुभेच्छुक महानुभावहरुमा अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस