धादिङ २४ कार्तिक
भारतले नेपाली भुमी कब्जा गरी नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा सत्तारुढ दल नेकपा सम्बद्ध अखिल क्रान्तिकारी र अनेरास्ववियु धादिङले गजुरीमा विरोध प्रदर्शन गरेका छन् । नेपाली भूमि लिपुलेक र कालापानी दुवैलाई भारतले सार्वजनिक गरेको नयाँ नक्सामा राखेपछि नेपालभर विरोध भैरहेको बेला धादिङमा पनि विभिन्न संघ सङ्गठनले विरोध प्रदर्शन गरेका हुन् । गजुरीमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रिय सदस्य सन्तोष राना क्षेत्रीले भारतले कब्जागरी नक्सामा समेटेको नेपाली भुमी विना सर्त छाड्नु पर्ने बताएका थिए । यस्तै अखिल क्रान्तिकारीका उपेन्द्र जम्कट्टेलले नेपाली भूमि भारतको हुन नदिनका लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस