धादिङ २४ माघ
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा शोक विदा दिएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले वडा नम्बर ३ का जनप्रतिनिधी महिला वडा सदस्य कान्छी माया मगरको हिजो माघ २३ गते मंगलबार असमायिक निधन प्रति दुःख व्यक्त गर्दै वेनीघाट रोराङ गाउँकार्यपालिकाको कार्यालय,गाउँपालिका मातहतका वडा कार्यालयहरु,आकस्मिक वाहेकका स्वास्थ्य संस्थाहरु बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मृत आत्म प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना समेत विज्ञप्तिमा गरेको छ ।
प्रतिक्रिया दिनुहोस