धादिङ २४ माघ
धादिङको गंगाजमुना गाउँपालिकामा“समुदाय प्रहरी साझेदारी कार्यक्रम“अन्तर्गत प्रहरी शिक्षक (Police Teacher) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार एका कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षता जिल्ला प्रहरी कार्यालय धादिङको प्रमुख गौतम मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उपाध्यक्ष रामेश्वर सिंखडा,प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो ।
गाउँपालिकाका जनप्रतिनिधि तथा गाउँपालिका भरिका सामाजिक शिक्षकहरूलाई सामाजिक अपराध तथा समसामयिक अपराधहरूको बारेमा भएको प्रशिक्षण तथा नियुक्ति कार्यक्रम सम्पन्न भएको छ हो ।
कार्यक्रमको सम्बोधनको क्रममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले यस कार्यक्रमबाट प्राप्त ज्ञानहरू विद्यालयमा पुगेर सबै विद्यार्थीहरू समक्ष साक्षात्कर गरी व्यवाहारमा लागु गर्नुहुन अनुरोध गर्नुभयो ।
प्रहरी प्रमुख गौतम मिश्रले सामाजिक शिक्षक नै समाजको ईन्जिनियर भएको हुनाले सामाजिक शिक्षकलाई यो कार्यक्रम दिई उहाँहरू मार्फत विद्यार्थीमा पुर्याउन नेपाल प्रहरीले नयाँ लञ्च गरेको बताउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाले यो कार्यक्रम ऐतिहासिक रहेको बताउँदै यस्तो कार्यक्रमले समाजलाई सुधार गर्न मद्दत गर्ने बताउनुभयो । उक्त कार्यक्रम आयोजना गर्नुको औचित्य तथा महत्व दर्शाउँदै समाजलाई सभ्य बनाउन र सामाजिक अपराधबारे सचेत गराउन एवं समाज, विद्यालय,स्थानीय तह र प्रहरी बीचको सम्बन्ध मजबुत बनाई अपराधिक घट्ना न्यूनीकरण गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सहभागी शिक्षकले यस्तो कार्यक्रमले सामाजिक शिक्षकलाई महत्व दिई समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्ने हुनाले गाउँपालिकालाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, प्रहरी र कर्मचारीहरू लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस