धादिङ २३ कार्तिक
श्री कृषक जागरण फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेड धादिङको १४ औं बार्षिक साधारण सभा कार्यक्रम शनिबार नीलकण्ठ नगरपालिका वडा नं ४ गैरी गाउँमा सम्पन्न भएको छ । कृषक जागरण फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेड धादिङका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य डा. राजाराम कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । २ सय ८७ महिला र१ सय ९७ पुरुष तथा संस्थागत ७ गरी कुल ४ सय ९१ जना सेयर सदस्य रहेको सहकारीको कुल शेयर पुँजी १५ लाख ६५ हजार ३ सय रहेको छ । कृषक जागरण फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेड धादिङको नीलकण्ठ नगरपालिका वडा नं १,२,३,४,५ र १२ वडा सम्म कार्य क्षेत्र रहेको छ । बार्षिक साधारण सभा कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ४ का वडा अध्यक्ष शिवराज गिरी, नीलकण्ठ नगरपालिका वडा नं ४ की गण्डकी खतिवडा, दलित महिला सदस्य जानुका मिजार लगायन शेयर सदस्यहरुको सहभागिता रहेको राजेन्द्र राना मगरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस