धादिङ २० माघ
धादिङ आवासीय माध्यमिक विद्यालय नीलकण्ठ ३ धादिङमा Fun Festival कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि प्रि प्राईमरी लेवलका सा–साना नानीबाबुहरुलाई गायन, भाषणकला, नृत्य, मनोरञ्जनात्मक खेल, अभिभावक तथा शिक्षक शिक्षिका बिचको मनोरञ्जनात्मक प्रतिभाहरु प्रदर्शन गरि फन फेष्टिवल मनाएको विद्यालयका प्रधानध्यापक ईश्वरी प्रसाद पाण्डेले रेडियो बिहानीलाई बताउनुभयो ।
‘विद्यार्थीलाई पढाईमा मात्र केन्द्रित नगराई सामाजिक तथा व्यवहारिक ज्ञानका कुराहरु सहजै सिकुन् र आ–आफ्नो मौलिक पहिचान,कार्य क्षमता,वोल्ने शैलीको बिकास जस्ता कुराहरुमा पनि एउटा रमाईलोको माध्यम बाट ज्ञान हासिल गरुन भन्ने हाम्रो उद्धेश्य हो’–प्रिन्सिपल पाण्डेले बताउनुभयो ।
प्रिन्सिपल पाण्डेले Fun Festival कार्यक्रमले शिक्षक विद्यार्थी र अभिभावकको सम्बन्धलाई पनि प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस