धादिङ १६ माघ
धादिङको गंगाजमुना गाउँपालिकामा ग्रामीण आँखा केन्द्रको स्थापना भएको छ ।
सोमबार गंगाजमुना गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा वडा नम्बर ५ फुलखर्कमा गाउँपालिका स्तरीय आँखा केन्द्रको स्थापना गरिएको हो ।
गंगाजमुना गाउँपालिका स्तरीय आँखा केन्द्रको अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष भक्त लामाको अध्यक्षता जिल्ला समन्वय समिती प्रमुख नवराज अधिकारी क्षेत्रीको प्रमुख आतिथ्यता, उपाध्यक्ष रामेश्वर सिंखडा, प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ,आँखा प्रतिष्ठानका चिकित्सकहरुको विशेष आतिथ्यतामा उद्घाटन सम्पन्न भएको हो ।
उक्त आँखा केन्द्रबाट आँखाको सम्पुर्ण चेकजाँच, उपचार, औषधी वितरण तथा अप्टिकल (पाउर चस्मा) सम्बन्धी सेवाहरु लिन पाउने छन् । गाउँपालिका स्तरीय आँखा केन्द्रको स्थापनाले सदरमुकाम सम्म जानुपर्ने झन्जटिलो खर्चिलोबाट मुक्त भएकोमा स्थानीयहरु खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस