धादिङ १६ माघ
राष्ट्रिय माध्यमिक विद्यालयको ६६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा अवस्थित उक्त विद्यालयको सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि विव्यस सदस्य धर्मराज डल्लकोटीको अध्यक्षता बागमती प्रदेश सरकारका मुख्मन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विद्यालयलाई आवसीय मोडलमा लान नसक्ने हो भने चल्न नसक्ने निकर्ष सहित प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो । बेनीघाट रोराङगाउँपालिको शैक्षिक शुधारको गन्तव्यमा जादै गरेकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री जम्कटेलले गाउँपालिकाले अहिले सात वटा विद्यालयलाई आवासीय बनाउन लगेकोमा बधाई समेत व्यक्त गर्नुभयो ।
विद्यालयको थप शैक्षिक गुणस्तर बृद्धिको लागि सञ्चालित अक्षयकोषमा थप १ लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रमकै अवसरमा पुर्व विद्यार्थी ई.शौरभ अधिकारीले सहयोग ११ हजार १ सय ११ प्रदान गर्नुभएको छ ।
प्रदेश सांसद मायादेवी शर्मा,गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,पालिकाका पूर्व अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि),शिक्षा शाखा अधिकृत वोधराज पाठक,विद्यालयका संस्थापक प्रतिनीधी जगन्नाथ अधिकारी लगायतको विशिष्ट अतिथिको उक्त कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका जनप्रतिनीधी,अभिभावक विद्यार्थीहरुको उल्लेख्य सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस