धादिङ कार्तिक २३
सहारा महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको २० औं बार्षिक साधारण सभा कार्यक्रम शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । सहकारीलाई विकासको गतिमा अझै विस्तार गर्दै लैजानुपर्ने जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताउनु भएको छ । सहारा महिला बचत तथा ऋण सहाकारी संस्था लिमिटेड धादिङको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपालले सहकारी मार्फत सबै महिला दिदी बहिनीको जीवनस्तरमा सुधार आएकाले यसको विकासमा सबै सदस्यहरु एक जुट भएर अगाडि बढनु पर्ने बताउनु भयो । २०५६ साल असार २९ गते ७ सदस्यीय तदर्थ समिति गठन गरी २०५६ श्रावण १९ गते विधिवत रुपमा संस्था दर्ता गर्न सफल भएको सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भगवती लोहनीले बताउनु भएको छ ।
सुरुका दिनमा ३९ जना सदस्यहरुबाट प्रतिव्यक्ति रु. सयका दरले शेयर खरिद गरी जम्मा ३९ सयबाट आर्थिक कारोबार शुरु गरेको संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै आर्थिक वर्ष २०७५/०७६ असार मसान्त सम्म आईपुग्दा ३ हजार ५ सय १ शेयर सदस्यहरु पुर्याउन सफल भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा २ करोड ८ लाख ९ हजार २ सय सहित रु. १ करोड ५२ लाख १८ हजार ३० रुपैंया ९६ पैसा कारोबार गर्न सफल भएको छ । संस्थागत विकासलाई मूल आधार मानी सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने उद्देश्यले सहकारीको स्थापना गरिएको संस्थाकी अध्यक्ष भगवती लोहनीले बताउनु भयो । उक्त संस्थाले सदस्य कल्याण कोष, रेमिट्यान्स, सदस्यहरुलाई शिक्षा तथा तालिम कार्यक्रम, गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृती, जेष्ठ सदस्य सम्मान, सुत्केरी भेटभाट जस्ता कार्यक्रमहरु सञ्चालन गदै आएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ९ की जेष्ठ सदस्य कुल कुमारी कुँवर, उत्कृष्ठ बचत कर्ता नीलकण्ठ नगरपालिका वडा नं ३ की कृपा खाँण, संस्थाको भवन निमार्ण गर्न जग्गा प्रदान गर्ने तोरण कुमारी नेपाल लगायतलाई दो–सल्लाह ओढाई सम्मान गरिएको थियो । सहारा महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङका अध्यक्ष भगवती लोहनीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी लगाएत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस