धादिङ १४ माघ
बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान र नीलकण्ठ बहुमूखी क्याम्पस बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार सम्पूर्ण सामुदायिक क्याम्पसहरुले भोगिराखेको समस्या, विद्यार्थीहरु किन विदेश पलायन भईराखेका छन् र यसका पछाडी के कस्ता कारणहरू हुनसक्छन् र त्यस्ता कारणहरुको खोजी गरेर, प्रदेश सरकारको तर्फबाट के कस्तो कार्य सक्छन् भन्ने विषयमा छलफल गरिएको नीलकण्ठ वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माले बताउनुभयो ।
वर्तमान समयलाई हेर्दा विदेश पलायन हुदै गरेको अवस्थामा ति युवाहरूलाई देशमा राख्नका लागि के कस्ता खालका पाठ्यपुस्तकहरु निर्माण गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बताउनु भयो ।
मन्त्री मोक्तानले विद्यार्थीहरू विदेश पलायन हुनुमा शैक्षिक संस्थामा कागगर्ने मानिसहरुको पनि ठूलो हात भएको बताउनुभयो । मन्त्री मोक्तानले सबै सामुदायिक क्याम्पसहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा वृहत छलफल तथा अन्तरक्रिया गरिएको क्याम्पस प्रमुख शर्माले बताउनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा वागमती प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तान, नीलकण्ठ वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख,नीलकण्ठ नगरपालिकाको उपमेयर दिपक विश्वकर्मा, जिल्ला खेलकुद विकास समिती धादिङका अध्यक्ष प्रताप सिंह तामाङ र विद्यार्थी संगठनका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस